काठमाडौं । नेत्रहीन महिला टी–२० विश्वकपको फाइनल आज हुँदैछ। फाइनलमा नेपाल र भारत भिड्दैछन्। भारत र श्रीलंकामा जारी प्रतियोगितामा फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ।
पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको थियो।
हिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!