काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी एनपिएलको शुक्रबारको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरका ८ विकेट गुमाउँदै मात्र १७५ रन बनायो । पोखराका लागि कप्तान कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय पारी खेले ।
३२ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै पोखराका लागि पहिलो खेलमा चल्न नसकेका जिम्मी निशमले आजको खेलमा २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!