विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स बीच खेल हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ।
यस प्रतियोगितामा दुवै टोलीले दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।
सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो।
सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन्।
यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा रहेका छन् ।
पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेलले गरेका छन्। पोखराको टिममा कुशल भुर्तेल (कप्तान), आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन (विकेटकिपर), जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!