पाँचथर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पाँचथरमा १ हजार ७३१ जना नयाँ मतदाता नामावलीमा सूचीकृत भएका छन्।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार नयाँ दर्तामध्ये ८९४ पुरुष र ७५९ महिला छन्।
कम्प्युटर अपरेटर अशोक घिसिङका अनुसार अन्तरजिल्ला मतदानका लागि ७८ जना मतदाताले पाँचथरमै फोटो खिचाएका छन्। नयाँ दर्ता समावेश भएपछि कात्तिक १६ गतेसम्म १८ वर्ष पूरा गर्ने सबैलाई समेट्दा जिल्लाको कुल मतदाता संख्या १ लाख ४० हजार ६१६ पुगेको कार्यालयले जनाएको छ।
जिल्लाभित्र हाल पुरुष मतदाता ७४ हजार ३३२ र महिला मतदाता ६६ हजार २८८ छन्। पाँचथरमा २०७९ सालको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा १ लाख ३८ हजार ९३२ मतदाता दर्ता भएका थिए।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!