सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

सर्वोच्च अदालतद्वारा दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश जारी गरेको हो।

अदालतले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश पनि दिएको छ। प्रसाईंको थुना गैरन्यायिक भएको दाबी गर्दै उनका छोरा निराजनले थुनामुक्तिको मागसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

प्रशासनले अनुमति नदिएको स्थानमा विरोध प्रदर्शन गर्ने धम्की दिएर सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट चार दिनको म्याद थप गरी उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिएको छ।

सार्वजनिक शान्तिमा खलल पुऱ्याउने र भड्काउ अभिव्यक्ति दिएको आरोपमा प्रसाईं पटक–पटक पक्राउ पर्दै आएका छन्। पक्राउ गैरकानूनी भएको भन्दै उनको परिवारले अदालतमा रिट दायर गरेपछि सर्वोच्चले उनलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्