काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताका लागि आज निर्णायक वार्ता हुने भएको छ । हिजोको वार्ता सकारात्मक दिशामा अगाडि बढेपछि आज वार्तालाई अन्तिम रुप दिन लागिएको हो ।
दुवै दलका प्रतिनिधिहरूबीच आज दिउँसो ३ बजे नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
बुधबारको छलफलमा नेकपाकातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी थिए । यसैगरी जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्र श्रेष्ठ, रेनु यादव, रणध्वज कन्दङ्गवा र पर्शुराम बस्नेत सहभगी थिए ।
जसपाभित्र मधेशी दल कि नेकपासँग पार्टी एकता गर्ने भन्ने दुई धार छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!