कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । विहिबार कोशी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

विभागले दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्