विराटनगर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई हराएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज साँझ भएको खेलमा रोयल्सले गोर्खाजलाई २९ रनले हराएको हो । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले ८ विकेट गुमाउँदै दिएको १४८ रनको लक्ष्य काठमाडौँले भेट्टाउन सकेन । १९ बल बाँकी छँदै काठमाडौँ पूरा विकेट गुमाएर ११८ रनमा सीमित भयो ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!