इलाम । इलाम नगरपालिका–८ महभिरका स्थानीयले माइखोला खण्डमा माइबेनी जलविद्युत आयोजनामा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
मानबहादुर गुरुङको नेतृत्वमा पुगेको स्थानीय टोलीले आयोजना कार्यालयमा तालाबन्दी गरेको हो।
साम्लिङ्ग पावर कम्पनी प्रा. लि. द्वारा सञ्चालित ९.५१ मेगावाट क्षमताको आयोजनाले महभिर बस्ती नजिक ठोस काम अघि नबढाई झारो टार्ने शैलीमा काम गर्दै आएको स्थानीयको आरोप छ। उनीहरूले आयोजनाबाट अतिप्रभावित समुदायका मागप्रति बेवास्ता गरिएको आरोप पनि लगाएका छन्।
आयोजनाका बोर्ड अध्यक्ष मोहन दास मानन्धरसँग पटक–पटक वार्ता भए पनि कुनै ठोस सहमति ननिस्केपछि तालाबन्दी गर्न बाध्य भएको स्थानीयहरूको भनाइ छ। माग पूरा नभएसम्म तालाबन्दी अनिश्चितकालीन रूपमा जारी रहने चेतावनी पनि उनीहरूले दिएका छन्।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!