ओलीको आलोचना गर्दै आएका इटहरीका पूर्वमेयर चौधरी एमालेबाट निष्कासित

ओलीको आलोचना गर्दै आएका इटहरीका पूर्वमेयर चौधरी एमालेबाट निष्कासित

इटहरी । नेकपा एमाले कोशी प्रदेश कमिटीले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्ववारिकलाल चौधरीलाई पार्टीबाट निष्कासन गरेको छ ।

पार्टीको नीति र नेतृत्वप्रति अनास्था फैलाएको भन्दै प्रदेश कमिटी सदस्यसमेत रहेका चौधरीलाई मङ्सिर १ गते सम्पन्न प्रदेश कमिटीको नवौँ पूर्ण बैठकले पार्टीको जिम्मेवारीबाट मुक्त गरेको हो ।

चौधरीलाई ६ महिनाका लागि पार्टी सदस्यता समेत निलम्बन गर्ने निर्णय गरेको एमालेले जनाएको छ । सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा पार्टी नीति र नेतृत्वविरुद्ध अराजक गतिविधि गरेको आरोप चौधरीमाथि छ । 

पटक–पटक सम्झाउँदा समेत उनले आफ्नो कार्यशैलीमा सुधार नल्याएपछि कारबाही गर्नुपरेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । चौधरीले पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओलीको चर्को आलोचना गर्दै आएका थिए ।।

एमालेले आफ्नै धर्म छोरीलाई बलात्कार गरेको आरोप लागेका बिर्तामोड नगरपालिका पूर्व मेयर ध्रुवकुमार  सिवाकोटीलाई पनि सल्लाहकारबाट हटाउने निर्णय गरेको छ । मुद्दा चलिरहेको बेला एमालेकै संरक्षणमा एक दिन पनि प्रहरी हिरासतमा बसेका थिएनन्।

अदालतबाट पुर्पक्षको लागि जेल चलान हुँदा पनि उनले अस्पतालमै बसेर समय कटाएका थिए। अहिले भने उनी धरौटीमा थुनामुक्त अवस्थामा छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्