कर्पोरेट लयरहरु उत्पादन गर्न विश्वविद्यालयहरुले जोड दिनुपर्ने

कर्पोरेट लयरहरु उत्पादन गर्न विश्वविद्यालयहरुले जोड दिनुपर्ने

विराटनगर । कानुन विज्ञ प्रोफेसर डाक्टर विपिन अधिकारीले नेपालमा व्यवास्थापन पढेका कानुन व्यवसायीहरुको खाँचो धेरै रहेकोले कलेजहरुले दक्ष कर्पोरेट लयर उत्पादन गर्न चासो दिनुपर्ने बताएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयको कानुन कलेजमा स्नातक तहको पाँच बर्षे व्यवस्थापन कानुन (विविए एलएलबी) पढ्न दोस्रो व्याचमा भर्ना भएका विद्याथीहरुलाई उत्प्रेरणा दिँदै कानुन विज्ञ प्रा.डा. अधिकारीले कर्पोरेट लयरहरुका लागि धेरै अवसर भएकोले कानुन कलेजहरुले अब कर्पोरेट लयरहरु उत्पादन गर्न चासो दिनुपर्ने बताएका हुन् ।

काठमाडौं विश्वविद्यालयको कानुन संकायका डिन रहिसकेका संविधान र व्यवस्थापन कानुनका विज्ञ अधिकारीले विविए एलएलबी विए एलएबी भन्दा बिशिष्ट कोर्ष भएको भन्दै उत्पादन भएका कर्पोरेट लयर्सहरुलाई अवसरै अवसर रहेको पनि प्रस्टयाए । नेपालमा काठमाडौं युनिभर्सिटी र कोशी प्रदेशको मनमोहन विश्वविद्यालयमा मात्र व्यवस्थापन कानुनको पढाई हुने गरेको जानकारी दिँदै उनले सरकारी र निजी क्षेत्रमा व्यवस्थापन कानुन व्यवसायीहरुका लागि प्रशस्त अवसर रहेको बताए । उनका अनुसार व्यवस्थापन कानुनमा आधारभुत कानुनहरु मात्र नभएर अर्थसास्त्रसँग सम्बन्धित बिजनेश र व्यवस्थापनको सैदान्तिक ज्ञानसँगै व्यवहारिक शीपको पनि अध्यन गर्नुपने भएकोले उत्पादन भएका कानुन व्यवसायीहरु ऋाफैमा शीप र ज्ञानले दक्ष हुन्छन ।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले व्यवहारिक शीप सहितको कोर्ष निर्माण गरेकैले मनमोहनले विएएलएलबीको पढाई सुरु गरेको बताए । उनले विएएलएबी पढने विद्यार्थीहरुले निर्माण, वतावरण, सुरक्षा, साईबर अपराधसँगै ठेक्कापट्टा, खरिद, नापी आदि व्यवहारिक कानुनबारे ज्ञानशीप हासिल गर्ने बताए ।

उपकुलपति पोखरेलका अनुसार व्यवस्थापन कानुनको पढाईलाई व्यवहारिक बनाउने कलेजले विद्यार्थीहरुका लागि अभ्यास ईजलास बनाउन टेण्डर प्रकृया सुरु गरिसकेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयको स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल अन्तर्गत सञ्चालन भैरहेको ‘मनमोहन ईन्स्टिच्युट अफ ल’ कलेजले गत बर्षदेखी व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तरको पढाई सुरु गरेको बताए । उनका अनुसार गतबर्षदेखि सुरु भएको विएएलएबी र एलएलएममा कोटा भन्दा बढी विद्यार्थीहरुले भर्ना आवेदन गरेको जानकारी गराए । उनले दक्ष कानुन व्यसायी उत्पादन गर्न मनमोहनले कहिल्यै गुणस्तरमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्