मधेशका सभामुख रामचन्द्र मण्डल प्रदेश सभाको दुईतिहाइ बहुमतबाट पदमुक्त

मधेशका सभामुख रामचन्द्र मण्डल प्रदेश सभाको दुईतिहाइ बहुमतबाट पदमुक्त


जनकपुर । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदअनुकूल आचरण नगरेको आरोपमा प्रदेश सभाबाट दुई–तिहाइ बहुमतले पदमुक्त भएका छन्।

बुधबार बसेको प्रदेश सभा बैठकमा दर्ता भएको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियामार्फत प्रस्ताव पारित गरिएको हो।

उपसभामुख बबिताकुमार राउत ईशरले कुल ७८ सदस्य उपस्थित रहेको बैठकमा ७६ मत प्रस्तावको पक्षमा परेपछि मण्डल पदमुक्त भएको घोषणा गरिन्। सभामुखविरुद्ध २७ कात्तिकमा सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव दर्ता गराएका थिए।

उपसभामुखको निर्देशनमा बोलाइएको बैठकमा कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथिको छलफलमा लोसपा, जसपा नेपाल, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आ–आफ्ना धारणा व्यक्त गरे। तर, नेकपा एमालेका सांसद भने स्थगित बैठकपछि फेरि बसेको बैठकमा अनुपस्थित रहे।

छलफल सकिएपछि निर्णयार्थ प्रस्तुत प्रस्ताव मत विभाजनमार्फत दुई–तिहाइले पारित गरिँदै मण्डल पदमुक्त भएका हुन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्