युद्ध संग्रहालय जस्तै ध्वंस सम्झाउने इटहरी उपमहानगर परिसर (फोटो फिचर)

युद्ध संग्रहालय जस्तै ध्वंस सम्झाउने इटहरी उपमहानगर परिसर (फोटो फिचर)

विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देशभर आगजनी र हिंसाको घटना भयो । सुनसरीका इटहरी उपमहानगरमा तोडफोड र आगजनी भयो । जसबाट उपमहानगरपालिकाको कार्यालय परिसर एकैछिनमा ध्वस्त पारियो ।

निर्माण कार्यमा प्रयोग हुने हेभी इक्विपमेन्टदेखि आगलागीजन्य विपदमा अनिवार्य प्रयोग गर्नुपर्ने दमकललगायतका अत्यावश्यक सवारी साधनहरु उपमहानगरपालका परिसरभै खरानी भए ।

भदौ २४ मा ध्वस्त भएका धेरै कार्यालयहरु अहिले पुननिर्माणको चरणमा छन् । कतिपयले पुनर्निमाणको काम सम्पन्न पनि गरिसकेका छन् । तर इटहरी उपमहानगरपालिकाले जलेको भवन पुननिर्माण गर्ने वा त्यसलाई भत्काएर नयाँ बनाउने प्रक्रिया सुरु गरेको छैन । उपमहानगरपालिकाको परिसर हेर्दा लाग्छ यो युद्ध संग्रहालय हो । जहाँ ध्वंसको इतिहास संग्रहित छ र त्यसलाई सोही उद्धेश्यले राखिएको छ । त्यहाँ पुग्ने जो कोहीले बिर्सिदै गएको भदौ २४ को त्यो दूर्दान्त घटनालाई स्मरण गर्न बाध्य पार्दछ । बाँकी फोटोबाटः

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्