विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बाराको सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कुनै पनि बहानामा नागरिकको संवैधानिक अधिकार खोस्न नसकिने बताएका छन् । उनले सरकारसँग नागरिकको शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न माग गर्दै यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन आग्रह गरेका छन् ।
बुधबार सिमरामा नेकपा एमालेका नेताहरूको कार्यक्रमलाई लक्षित गरी भएको झडप र त्यसपछिको तनावपूर्ण स्थितिप्रति टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । । उनले देशभित्र कुनै पनि नेपाली नागरिकलाई निर्वाध रूपमा हिँडडुल गर्ने र कानुनसम्मत काम गर्ने अधिकार कसैले पनि रोक्न नसक्नेमा जोड दिएका छन् ।
आफ्नो फेसबुक स्टाटसमा उनले लेखेका छन् ‘देशभित्र कुनै पनि नेपाली नागरिक लाई निर्वाध ढंगले हिडडुल गर्ने, कानुन सम्बत काम कार्वाही गर्ने कुरा कसैले पनि रोक्न सक्दैन। जनताको संबैधानिक, कानुनी प्रदत्त अधिकार कसैले पनि खोस्न सक्दैन। यो जनताको प्राकृतिक र नैसर्गिक अधिकार पनि हो। सरकारले शान्ती सुरक्षाको पुर्ण ग्यारेन्टी गर्नु पर्छ।’
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले गरिकको नैसर्गिक अधिकारको रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको स्मरण गराउँदै शान्तिपूर्ण रूपमा भेला हुने, आफ्ना विचार राख्ने र हिँडडुल गर्ने स्वतन्त्रतामाथि कुनै पनि समूह वा व्यक्तिले खलल पुर्याउन नहुने स्पष्ट पारेका छन् ।
सिमरामा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने कार्यक्रमको विरोधमा ‘जेनजी’नामक समूह उत्रिएपछि झडप भएको थियो । जसका कारण स्थानीय प्रशासनले कर्फ्यु लगाउनुपरेको थियो ।
ना


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!