विराटनगर। कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् ।
तत्कालीन उपाध्यक्ष डा.राजेन्द्र अधिकारीले राजीनामा दिएपछि निरौला उपाध्यक्ष नियुक्त भएका हुन् । बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गरेको हो ।
अधिकारीले गत कार्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै निरौलालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस
सल्लाहकार बिक्रम लुईटेलले जानकारी दिए । निरौला बैंकिङ क्षेत्रमा कार्यरत रहेका थिए । उनले विराटनगर महानगरपालिकाको कर्मचारीको रुपमा पनि काम गरेका थिए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!