काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे जानकारी दिन सर्वदलीय बैठक बोलाएकी छिन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।
निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको छ । बैठकमा दलहरुलाई सरकारले अहिलेसम्म गरेका काम कारबाहीबारे जानकारी दिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चुनाव गराउने मुख्य उद्देश्यका साथ गठित सरकारकी प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्न नचाहेको र त्यसले चुनावी वातावरण नबनेको भन्दै आलोचना भइरहेको छ । यस्तो अवस्थामा उनले आफ्नो सरकारले गरेका कामकारबाही र प्राथमिकताबारे दलहरूलाई जानकारी दिन लागेकी हुन् ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!