सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो

सुनको मूल्य तोलामा २ हजार ८ सयले बढ्यो

विराटनगर । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ ।

सोमबारको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो । असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार १५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३ हजार ३५० रुपैयाँको रेकर्ड बनाएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्