डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

डाँका समूहको गोली प्रहारबाट बुबा–छोरा गम्भीर घाइते

जनकपुर । सिराहामा डाँका समूहको गोली प्रहारबाट बाबुछोरा गम्भीर घाइते भएका छन् ।

गोली लागेर सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका छोरा २२ वर्षीय छोरा अनिल कुमार महतो गम्भीर घाइते भएका हुन् ।

दुवै जनालाई छातीमा गोली लागेको सिराहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिएका छन् । दुवै जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।

डीएसपी पालका अनुसार मध्यराति आएका डाँका समूहले लुटपाट गर्न खोजेको भन्दै प्रतिकार गर्न खोज्दा गोली प्रहार भएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्