विराटनगर एकीकृत जाँच चौकीका लागि ३८ सुरक्षाकर्मी माग

विराटनगर एकीकृत जाँच चौकीका लागि ३८ सुरक्षाकर्मी माग

विराटनगर । विराटनगर एकीकृत जाँच चौकीका लागि सुरक्षाकर्मी आपूर्ति गर्न सेवा करारमा लिन बोलपत्र आह्वान गरीएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले नयाँ सञ्चालक कम्पनी चयन नहुँदासम्म वा अर्को व्यवस्था नहुँदासम्म समितिको आन्तरिक व्यवस्थापनमार्फत जाँच चौकी सञ्चालन गर्न सुरक्षाकर्मी आवश्यक परेको जनाएको छ।

समितिका अनुसार सुरक्षागार्ड ३८ जना सेवा करारमा लिन लागिएको हो। बोलपत्र कागजात शुल्क ३ हजार रुपैयाँ तोकिएको छ भने बोली सुरक्षाका लागि ३ लाख ५० हजार रुपैयाँको जमानत १२० दिनका लागि आवश्यक पर्नेछ।

२०८२ मंसिर ४ गते दिउँसो १२ बजे र बोलपत्र खोलिने जनाइएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्