ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जले

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जले

विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी भएको छ । आगलागीबाट त्यहाँका चार घर जलेर नष्ट भएका छन् । गएराति भएको आगलागीबाट तेम्बा बजारका ती घरहरु पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयका अनुसार राति करिव ११ बजेतिर आगलागी भएको हो । आगलागीबाट तेम्बा बजारका इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवा लिम्बूको घर जलेर पूर्णरुपमा नष्ट भएको जानकारी दिएका छन् ।

आगलागीमा परी क्षती भएका घरहरुमा होटल तथा पसलहरु रहेका थिए । खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, पसलका सामानलगायत घरभित्र रहेको सम्पूर्ण सामग्री र नगदसमेत जलेर नष्ट भएको छ । मध्यराति आगलागी भएकाले घरमा रहेको कुनैपनि सागम्री झिक्न नपाइएको हो । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्