उद्योग संगठनमा गोल्छाको १६औं स्मृति दिवस

उद्योग संगठनमा गोल्छाको १६औं स्मृति दिवस

विराटनगर । उद्योग संगठन मोरङका पूर्वअध्यक्ष स्व.महेन्द्र गोल्छाको १६औं स्मृति दिवसमा संगठनको कार्यसमितिले सचिवालयमा स्थापित अर्धकदको शालिकमा माल्यार्पण गरी सम्मान गरेको छ ।

सोमबार पोखरिया स्थित मानव सेवा आश्रममा खाद्यान्न तथा भोजन वितरण गरी सामाजिक सेवामा गोल्छाकाके योगदानलाई स्मरण गरेको संगठनले जनाएको छ ।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले स्व. गोल्छाद्वारा उद्योग÷व्यवसाय क्षेत्रको हित संरक्षण, व्यावसायिक एकता तथा निजी क्षेत्रको सुदृढीकरणमा पु¥याउनु भएको महत्वपूर्ण योगदानको चर्चा गरे । गोल्छाको मार्गदर्शन आगामी पुस्ताका लागि समेत प्रेरणाको श्रोत हुने उनको भनाइ थियो । राठीले स्व.गोल्छाको उद्योग संगठन मोरङ उद्योगी मात्र नभई, उद्योगमा कार्यरत श्रमिकको समेत भएको भन्ने भनाइलाई सबैले आत्मसात गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले स्व.गोल्छाले उद्योगी/व्यवसायीको सामूहिक हित र उद्योग क्षेत्रको समग्र विकासलाई प्राथमिकतामा राखी कार्य गर्न अभिप्रेरित गर्ने गरेको स्मरण गरे । गोल्छाले औद्योगिक विकासका लागि तत्कालिन समयमा उठाएका विषयहरु आजका दिनमा समेत उत्तिकै सान्दर्भिम भएको उनको भनाइ थियो ।

स्मृति दिवसको कार्यक्रममा संगठनका उपाध्यक्ष्ँ सुरेन्द्र गोल्छा, विपिन कावरा, सुवोध कोईराला, कार्यसमिति सदस्य सन्तोष भगत, दिपक अग्रवाल, पारस गोल्छा, प्रतिक राउतको सहभागिता रहेको थियो ।