पक्राउ परे दुर्गा प्रसाईं

पक्राउ परे दुर्गा प्रसाईं

विराटनगर । दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका अभियन्ता प्रसाईं सोमबार राति भक्तपुरस्थित निवासबाटै पक्राउ परेका हुन् ।

आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ । प्रहरीका अनुसार प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएको छ । प्रसाईंले आन्दोलन गरेर देशै ठप्प पार्ने भन्दै अभिव्यक्ति दिइरहेका थिए ।

नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले सोमबार मात्रै पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले बोलाए मात्र सरकारसँग वार्तामा बस्ने बताएका थिए । सरकारले आफूहरूका माग पूरा नगरे मंसिर ७ देखि आन्दोलन शुरू गर्ने उनको चेतावनी थियो ।
उनले गृहमन्त्रीसँग वार्तामा बस्न अस्वीकार गरेका थिए । कात्तिक २६ गते प्रसाईंका सहयोगीहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका थिए ।

किराँत, बौद्धसहितको सनातन हिन्दु राष्ट्र घोषणा, गरिबको ऋण मिनाहालगायत २७ बुँदे मागसहित प्रसाईंले मंसिर ७ देखि आन्दोलन गर्ने घोषणा गरेका छन् । प्रसाईंले यसपटक आफूहरूको आन्दोलन पूर्वपश्चिम महेन्द्र राजमार्ग केन्द्रित हुने बताएका छन् ।