सरोज पोखरेल
यही कोरोना भाईरसका कारणले दैनिक हजारौं मानिसहरुले ज्यान गुमाईरहेका छन् । विज्ञहरुको भनाई अनुसार ‘स्पेनिश फ्लू’ पछिको सबैभन्दा खतरनाक महामारीको रुपमा कोरोना भाईरस देखा परेको छ, जुन निरन्तर बढदो क्रममा रहेको छ । यो मानव सभ्यता कै एक महत्वपूर्ण चुनौतीको रुपमा देखा परेको छ । ज्ञान, विज्ञान, अध्ययन, अनुसन्धान तथा प्रविधिले भरिपूर्ण २१ औं शताब्दी कोरोना भाईरसँगको लडाईमा क्रमशः कमजोर साबित हुँदै गईरहेको छ ।
एशिया, यूरोप, अमेरिका र अफ्रिका महादेशमा अवस्थित सबै देशहरु र विभिन्न टापुहरु जहाँ मानव अस्तित्व छ ती सबै अहिले यही कोरोना भाईरसको प्रकोपबाट प्रत्यक्ष र परोक्ष रुपमा प्रताडित छन् । सधै प्रकृतिमाथि दोहन गर्न पल्केको मानव जाति अहिले आफ्नै कारणले घरभित्रै थुनिन विवश छन । प्रकृतिले अहिले आरामले श्वास फेरिरहेको छ । जल, जमिन र हावामा पाइने जीवजन्तुृ स्वतन्त्रपुर्वक घुमफिर गरिरहेका छन् । कोरोना भाईरसका कारण संसार अहिले आंशिक वा पूर्ण रुपमा बन्दाबन्दीको अवस्था छ । केही देशले अवस्था हेरेर आंशिक रुपमा बन्दाबन्दी (लकडाउन) लाई क्रमशः खुकुलो बनाउँदै लगेका छन् भने केही देशले बन्दाबन्दी खुकुलो बनाउने हिम्मत पनि जुटाउन सकेका छैनन् । कोरोनाको त्रासका कारण मानव इतिहास हालसम्मकै संगीन मोडमा पुगेको छ । कोरोना भाइरसले गरेको क्षतिका अगाडि गोदी, बम, बारुद, क्षेप्यास्त्र र आणविक हतियार आदि इत्यादी सबैले गरेको क्षति निकम्मा साबित भईसकेका छन् ।
प्राचीन कालदेखि नदी किनार छेउछाउमा विकसित हु“दै आएको मानव सभ्यताको विकास क्रमबाट हामी आजको विज्ञान–प्रविधिको युगमा आइपुगेका छौं । पश्चिमी सभ्यताको पुर्खा मानिने युनानी सभ्यतादेखि लिएर मिश्रको सभ्यता, मेसोपोटामियाको सभ्यता, सिन्धु नदीको सभ्यता, खआर्य सभ्यता, चीनिया सभ्यता इत्यादिले मानव समाजको विकासक्रममा अतुलनीय योगदान पुर्याएका छन । यी नै सभ्यताले मानिसलाई प्रकृतिप्रति प्रेम गर्न, आधारभूत आवश्यकताको पहिचान र परिपूर्ति गर्दै सामाजिक भावना विकास गरि सामूहिकताको प्रभुत्व स्थापना गर्न महत्वपुर्ण योगदान पुर्याएको पाईन्छ । तर विकसित हुने क्रममा हामीले आ–आफ्नो अस्तित्व र दायित्व समेत बिर्सदै गएपछि हाल जीवन नै सङकटमा पर्न थालेको छ । दैनिक हजारौं मानिस अनाहकमा मृत्युवरण गर्न विवश भएका छन । यस मृत्युको अगाडि आधुनिक चिकित्सा पद्धति र सिङगो विज्ञान नतमस्तक छ, जवाफविहीन छ ।
एक्काइसौं शताब्दी लम्पसार छ, व्यापारीकरण ले गिजोलेको मानव पुँजी आज संसारसँग भौतिक शरिरको भिख मागिरहेको छ । स्वार्थी मानव आज सामूहिक हितको लागि प्रार्थना गर्न विवश छ । हिजो म मात्रलाई सोच्ने मानव आज सामुदायिक हितमा सोच्न बाध्य छ । हिजो आफू र आफ्नो परिवार मात्र ख्याल गर्ने मानव आज सारा संसारको सु–स्वास्थ्यको कामना गरिरहेको छ । बेलायतमा भएको औद्योगिक क्रान्तिले मानिसलाई मालिक र मजदुरको रुपमा स्थापित गरि उत्पादन क्षेत्रमा ठूलो परिवर्तन ल्याई पुँजीवादको प्रादुर्भाव भयो । त्यसैगरी कार्ल माक्र्सको सिद्धान्तले युरोपेली र संसारको शासन प्रणाली र उत्पादन अर्थतन्त्रमा ठूलो क्रान्ति ल्यायो । यसैको जगमा रहेर रसियामा लेनिनले क्रान्ति गरी समाजवादको सुरुवात गरे जसले गर्दा विश्वको शासन, व्यवस्था, अर्थतन्त्र र समाजमा ठूलो क्रान्तिकारी परिवर्तन ल्यायो जुन अहिले पनि जारी छ ।
त्यस्तै प्रजातन्त्रको संस्थागत गर्ने अमेरिका र माक्र्सको सिद्धान्तलाई किसानको हितमा प्रयोग गर्ने माओवाद इत्यादि सवैले मानव समाज र मानव मुक्तिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । यी वादले विभिन्न कालखण्डमा देश, समाज, सामाजिक व्यवस्था र शासन प्रणालीमा क्रान्तिकारी परिवर्तन गरे । तर माक्र्सवाद, लेनिनवाद, माओवाद, प्रजातन्त्र ,पू“जीवाद इत्यादिले सयौं बर्ष लगाएर गरेको क्रान्ति र यी सिद्धान्तको क्रान्तिकारी चरित्र भन्दा कोरोना भाइरसको चरित्र बढी क्रान्तिकारी देखियो किनकि छोटो समयमा नै यसले सबै वर्ग, समुदाय र शासन व्यवस्थामा एकछत्र राज गर्न सफल भएको छ ।
कोरोना भाईरसका सामु मार्क्सवाद, समाजवाद, पुँजीवाद र साम्यवाद लगायतका सबै तन्त्र तथा वादहरु आत्मसमर्पण गर्न बाध्य भएका छन् । वाद र तन्त्रले शताब्दीमा गरेको परिवर्तन विरुद्ध कोरोना भाइरस महिनादिनमै सफल भईसकेको छ । हिजोको दिनमा पुँजी हुने मानिस प्रविधिको कारण बाच्न सम्भव थियो तर आज सम्भव छैन । कोरोनाको अगाडि पुँजी र प्रविधि दुवै फेल भएका छन । यस अर्थमा हालसम्म कोही र कुनै बा“दरतन्त्रले गर्न नसकेको अग्रगामी परिवर्तन कोरोना भाईरसले गरेको छ भन्दा दुईमत नहोला । त्यसैले यो संसारकै अब्बल क्रान्तिकारी देखा परेको छ ।
वर्तमान युगले हाम्रो जीवनशैली विज्ञान–प्रविधिको प्रयोगबाट अभूतपूर्व परिवर्तन गरिदिएको छ । मानव जिन्दगीको हरपाटामा कृत्रिम इमान्दारिताको उपस्थिति छ । कृत्रिम इमान्दारिता विना हाम्रो जिन्दगीको रफ्तार असम्भवप्रायः जत्तिकै छ । प्रविधि र कोरोना दुवैले हाम्रो जीवनशैली परिवर्तन गरेका छन् तर कोरोना को गति अद्भूत छ, अकल्पनीय छ । कृत्रिम प्रविधिको गतिमा चल्ने हाम्रो दैनिकी कोरोनाको कारणले मानव सभ्यताको प्राचीन क्रमको जस्तै स्वनिर्देशित र सामूहिक बन्न पुगेको छ ।
अब व्यक्तिले आफू मात्र हैन समाजको बारेमा समेत सोच्न थालेको छ । मानिसको सोचमा सामूहिकताको भावना पलाएको छ । मानिसले मानिसप्रति गर्ने व्यवहारमा क्रान्तिकारी परिवर्तन आउन थालेको छ । कृत्रिम प्रविधिमा बढी विश्वास गर्ने मानिसले प्रविधिलाई भन्दा आफूलाई विश्वास गर्न थालेको छ । शहरको कोलाहल भन्दा गाउ“ प्यारो र स्वास्थ्यबर्धक लाग्न थालेको छ । समग्रमा भन्ने हो भने मानवले मानवता मूल्य बुझ्न थालेका छन । औद्योगिक अर्थतन्त्र भएका मुलुकबाट उत्सर्जन हुने विषाक्त ग्यासले पीडित वायुमण्डलले आराम पाएका छ । समुद्रका जलचरहरु विना अवरोध घुमफिर गरिरहेका छन् । खोलामा सफा पानी बग्न थालेको छ । कृषि क्षेत्र नै अन्तिम सत्य हो भनेर सवै स्विकार्न बाध्य छन । पू“जी र प्रविधिको बलमा संसार चलाउने समूह र देश समेत आज कोरोना सामु लम्पसार पर्न बाध्य छन् । कोरोनाले व्यक्तिलाई हैन समाजलाई आक्रमण गरेको छ ।
संसारमा एकैचोटी इन्द्रेणी क्रान्तिकारिता प्रदर्शन गरेको कोरोनाले सवैलाई समाज र प्रकृतिप्रति जिम्मेवार बन्नुपर्ने पाठ सिकाउदै लगेको छ । मानिसलाई बा“च्ने कला सिकाउदै छ । तसर्थ कोरोना एक महामारीको साथै समाजवादी भाइरस पनि हो । यसवाट बच्दै देश र समाजको चरित्र समाजवादी बनाउन लागौं यसैमा हाम्रो भबिष्य छ ।
GREAT.
अति भौतिकवादलाई नराम्रो सग पाठ सिकायो कोरोना भाईरसले।
अध्यात्म अबको मानबलाई नभई नहुने कुरा हो भन्ने पनि सिकायो।
प्रकृतिलाई टोड्मोड गर्ने मानवलाई नराम्रो झापु लगायो यसले।