सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घट्यो

सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घट्यो

विराटनगर । लगातार बढिरहेको सुनको मूल्य बुधबार घटेको छ। बुधबार सुन प्रतितोला २१ सय रुपैयाँले घटेको छ ।

यस दिन प्रतितोला २ लाख ४४ हजार ३ सय रूपैयाँमा सुन किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार एकै दिन सुन ४ हजार ९ सय रुपैयाँ ले मूल्य बढेर कारोबार भइरहेको थियो।

सो दिन सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार १०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा बुधबार चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा बुधबार चाँदी प्रतितोला पाँच रूपैयाँले मूल्य बढेर ३ हजार १७५ रूपैयाँमा कारोबार भइरहेको छ ।