विराटनगर । अलैँचीको मूल्यमा वृद्धि भएको छ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख रुपैयाँ नाघेको छ ।
गुणस्तरीय अलैँची प्रतिमन आज एक लाख दुई हजारमा कारोबार भएको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिए । शनिबार प्रतिमन ९६ हजार रहेको अलैँचीको मूल्य अपराह्नपछि प्रतिमन दुई हजारले बढेर ९८ हजार पुगेको थियो । हिजो फेरि प्रतिमन चार हजारका दरले वृद्धि भई एक लाख दुई हजार पुगेको उनले बताए ।
असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनाको अवधिमा भने ह्वातै बढेको छ ।
नेपालमा उत्पादित अलैँची भारतीय बजार हुँदै तेस्रो मुलुक निर्यात हुने गर्दछ ।

