हार्डवेयर व्यवसायी मारमा परेको गुनासो

हार्डवेयर व्यवसायी मारमा परेको गुनासो

इटहरी । उद्योगीको मनोमानीको कारण हार्डवेयर व्यवसायीहरु मारमा परेको गुनासो गरेका छन् । इटहरीमा आयोजित पत्रकार सम्मेलनमा उद्योगीले यस्तो गुनासो गरेका हुन् ।

असामान्य अवस्था सिर्जना हुन साथ उद्योगीहरुले कारोबारको नीति परिवर्तन गर्ने, अस्वभाविक मूल्यबृद्धि गर्ने, ढुवानी लागत बढ्न गई समग्र वस्तुको लागत बढ्न जाने हुँदा व्यवसायीले वस्तुको मूल्य वृद्धि गरी बिक्री गर्दा व्यवसायीलाई कालोबजारीको आरोप लागेर कानुनी जटिलता भोगिरहेका चिन्ता व्यक्त गरेका छन् ।

व्यवसायीले नभएर उद्योगले नै समस्या सिर्जना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । हार्डवेयर, प्लाई तथा सेनेटरी व्यवसायी संघ, इटहरी, धरान हार्डवेयर संघ, विराटनगर हार्डवेयर संघ, इनरुवा हार्डवेयर संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै अनावश्यक र कृत्रिम अभाव सिर्जना गरी मूल्य वढाउँदा व्यवसाय नियमित रुपमा संचालन गर्न नसक्ने व्यवसायीले बताएका छन । सम्बन्धित कम्पनीहरुसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभए विकल्प रोज्ने व्यवसायीले बताएका छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्