सुनको मूल्यमा वृद्धि, तोलामा २७०० रुपैयाँले बढ्यो

विराटनगर । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँले बढेको हो।

बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि २ लाख ३९ हजार रुपैयाँ तोकिएको छ। पछिल्ला केही दिन घट्दो क्रममा रहेको सुनको मूल्य शुक्रबार पुनः बढेको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।

कार्तिक १४, २०८२, दिउँसोको १२:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर