आज पनि घट्यो सुनको मूल्य, तोलामा २९ सयको गिरावट

काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य एकै दिन २ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार थियो ।

त्यसैगरी आजदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।

कार्तिक ११, २०८२, बिहानको ११:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर