विवाहको बहानामा किशोरी बेच्नखोज्ने पक्राउ

विराटनगर ।  मोरङको जहदा गाउँपालिकाकी १७ वर्षीय एक किशोरीलाई भारत पु¥याएर बेच्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले धनपालथान गाउँपालिका ६ कदमाहाका ३८ वर्षीय जगतनारायण मण्डलाई पक्राउ गरेको हो ।

मण्डललाई प्रहरी चौकी कर्सियाबाट खटिएको प्रहरीको टोलीले घरैबाट आइतबार पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । पक्राउ परेका जगतका साला धनपालथान निवासी २२ वर्षीय सन्जय मण्डलको प्रेमसम्बन्धमा रहेका किशोरीलाई दुबैको योजनामा भारत लगेर बिक्री गर्ने प्रयास गरिएको थियो ।

सञ्जयका भेना जगतले नेपालको कानूनअनुसार विवाहको लागि किशोरीको उमेर उपयुक्त नभएकोले दुबै जनाको बिबाह भारत लगेर गरिदिने भन्दै दुबै जनालाई राखेर गत चैत २८ गते लगेका थिए । पीडित किशोरीले मोरङ प्रहरीलाई दिएको जाहेर अनुसार जगत र सञ्जयले भारत पु¥याएर किशोरीलाई एक होटलमा राखेर बन्द कोठामा दुबै जनाले जवरजस्ती बलात्कार गरेका थिए ।

कोठा बाहिर विक्रीको लागि मोलमलाउ हुने गरेको आवज सुनेपछि आफू होटलको झ्यालबाट हामफालेर बाहिर निस्कएको पीडित किशोरीले दिएको प्रहरीको जाहेरीमा उल्लेख छ । होटलबाट हामफालेर बेचिनबाट जोगिएकी किशोरीलाई स्थानीय एक महिलाले जोगवनीसम्म आउने रेल चढाइदिएकी थिइन् ।

किशोरीलाई भारतको कुन ठाउँमा पु¥याएर राखिएको थियो र होटल कुन हो भन्ने अहिलेसम्म नखुलेको बताइएको छ । बेचिनबाट जोगिएर आएकी ती किशोरीले मोरङ प्रहरीमा गत वैशाख ९ गते जाहेरी दिएकी थिइन् । पीडितले दिएको जाहेरको आधारमा जगतनारायण मण्डल पक्राउ परेका हुन् ।

जगतका साला सञ्जय फरार छन् । प्रहरीले उनको खोजी कार्यलाई तीब्र बनाएको जनाएको छ । पक्राउ परेका मण्डललाई मोरङ प्रहरीले सोमबार जिल्ला अदालत मोरङमा ‘मानब बेचबिखन’ मुद्दामा म्याद थप गरि अनुसन्धान गर्दै आएको छ । मण्डल पक्राउ पर्ने डरले गाउँमा छुकीछुपी बस्दै आएका थिए ।

मङ्गलबार, ०६ फागुन, २०७६, दिउँसोको ०१:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर