विराटनगर – कोशी प्रदेश सरकारले १५ लाख विदेशी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ सुरु गरेको कोशी पर्यटन वर्ष २०८२ु ले आफ्नो यात्राको छ महिना पूरा गरेको छ । कोरोना महामारीले थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने उद्देश्यले सुरु गरिएको यो अभियान उत्साहपूर्ण सुरुवात पछि अहिले केही सुस्त देखिएको छ, जसले गर्दा लक्ष्य प्राप्तिमा चुनौती थपिएको छ ।
अभियानको नारा ‘कोशीको गौरव हिमालको शान, पर्यटन वर्षमा सबैलाई सम्मान’ रहेको छ । सुरुवाती तीन महिना, वैशाख, जेठ र असारमा प्रदेश सरकारले पर्यटन वर्ष लक्षित कार्यक्रमहरूलाई तीव्रता दिए पनि पछिल्ला तीन महिनामा प्रचारप्रसारसम्बन्धी कार्यक्रममा कमी आएको देखिन्छ । यसबाहेक, गत महिना पूर्वी पहाडी जिल्लामा आएको बाढीपहिरोले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पारेको छ, जसले गर्दा चुनौतीहरू थपिएका छन् ।
कोशी प्रदेश भौगोलिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले अपार सम्भावना बोकेको क्षेत्र हो । यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा ९८,८४८ मिटर देखि नेपालकै सबैभन्दा होचो भूभाग कचनकवल ९७० मिटर० सम्मको भौगोलिक विविधता पाइन्छ । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयु जस्ता हिमशृङ्खलाले विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
यस प्रदेशमा धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी र सुनसरीको बराह क्षेत्र जस्ता महत्वपूर्ण धार्मिक स्थलहरू छन् ।ृज्ञे इलामको चियाबारी, धनकुटाको भेडेटार र सूर्योदय हेर्नका लागि प्रसिद्ध श्रीअन्तुडाँडा जस्ता पर्यटकीय गन्तव्यहरू आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षमा चरा अवलोकन र बेतना सिमसारका कछुवाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।
चुनौतीका बावजुद नेपाल भ्रमणमा आएका पर्यटकहरूले सकारात्मक अनुभव बाँडेका छन् । भारत, बिहारका कमलेश शर्मा, जो आफ्नो परिवारसहित एक सातादेखि नेपालमा छन्, भ्रमण निकै सहज र रमाइलो भएको बताउँछन् । उनले सस्तो मूल्यमा स्तरीय होटल सुविधा पाएको अनुभव सुनाए ।
पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ का सहसंयोजक भविष श्रेष्ठका अनुसार प्रदेशमा करिब ५०० पर्यटकस्तरीय होटल र डेढ सय जति वान(स्टारदेखि फाइभ(स्टार स्तरका होटलहरू सञ्चालनमा छन् । यी होटलहरूमा दैनिक तीन हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको छ ।
प्रदेश सरकार र निजी क्षेत्र दुवै पर्यटन वर्षलाई सफल बनाउन लागिपरेको सहसंयोजक श्रेष्ठ बताउँछन् । उनका अनुसार छठपर्वपछि पर्यटन वर्षको प्रचारप्रसारलाई थप तीव्रता दिइने योजना छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटनको माध्यमबाट देशको वैदेशिक ऋण र व्यापार घाटा कम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ ।
विश्वकै अनुपम पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि कोशी प्रदेशले अपेक्षित लाभ लिन सकेको छैन । उत्साहजनक सुरुवातपछि सुस्ताएको प्रचार अभियानलाई पुनः गति दिन र प्राकृतिक विपत्तिले सिर्जना गरेका अवरोधहरूलाई पन्छाउँदै अघि बढ्न सके मात्र १५ लाख पर्यटक भित्र्याउने लक्ष्य साकार हुन सक्छ । यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र र स्थानीय समुदायबीचको बलियो सहकार्य अपरिहार्य देखिन्छ ।


