विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा धारिलो हतियार प्रहार गर्दा एक जनाको ज्यान गएको छ । हिजो साँझ स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमाललाई हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे हत्या भएको जानकारी पाएको थियो । तुरुन्तै प्रहरी टोली घटनास्थलतर्फ पठाएर अभियुक्तको खोजी थालेको जनाएको छ ।
प्रहरीले नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटाएको थियो ।