डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद

रिलायन्स स्पिनिङ मिल्ससहित ६ उद्योगको लाइन काटियो

विराटनगर । डेडिकेटेड तथा ट्रंक लाइन नतिरेको भन्दै सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्स्सहित ६ वटा ठूला उद्योगको विद्युत लाइइन काटिदिएको छ । आज बिहान प्राधिकरणले ती उद्योगहरुको लाइन काटेको हो ।

विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगहरुलाई कात्तिक २ गतेसम्म बक्यौता महशुल भुक्तानी गर्न समय दिएको थियो । उक्त समयभित्र महशुल भुक्तानी नगरेपछि प्राधिकरणले लाइन काटेको हो ।

प्राधिकरणले आज बिहान खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्स, जगदम्बा स्टील, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।

जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवम्को ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।

कोशी प्रदेशमा विभिन्न ६ ओटा उद्योगहरुले यस्तो बक्यौता भुक्तानी गर्न बाँकी छ । जसमध्ये जुट उद्योगहरु तीन ओटा छन् भने सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग र धनकुटाको निगाले सिमेन्ट उद्योग केही वर्षअघि नै बन्द भइसकेका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताए । उनले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसकै समयमा काटिएको लाइन जोडिने बताए ।

कार्तिक ४, २०८२, बिहानको ०९:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर