सात राजनीतिक दलसँग आज प्रधानमन्त्रीले वार्ता गर्दै

विराटनगर । संसदमा प्रतिनिधित्व गर्ने प्रमुख सात राजनीतिक दल र सरकारबीच आज वार्ता हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा दलका उच्च तहका नेताहरुसँग वार्ता गर्ने तयारी गरेकी हुन् ।

आज अपरान्ह प्रधानमन्त्री कार्यालय बालुवाटारमा छलफल हुने छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपालगायत दलहरुलाई आमन्त्रण गरिएको छ ।

कार्तिक ४, २०८२, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर