विराटनगर । प्रतिबन्धित लागुऔषध सहित प्रहरीले सुनसरीको जिल्लको विभिन्न ठाउँबाट सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयको, प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय पकली सुनसरीको संयुक्त प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका ७ का २९ वर्षे सुमन चौधरीलाई पक्राउ गरेको छ । घरबाट लागुऔषध ब्राउन सुगर बिक्रि गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले ५ ग्राम ७३० मिलिग्राम ब्राउन सुगरसहित र धरान १७ का ३३ वर्षे सुमन राईलाई नियन्त्रणमा लिएको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र मातहत प्रहरी कार्यालयबाट इनरुवा–४ स्थितबाट इटहरी–१८ का ३४ वर्षे राजु चौधरी र रामधुनी–४ का २८ वर्षे रोशन हरिजनलाई १९ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर सहित, धरान–११ बाट सोही स्थानका विकाश परियार, बिजय परियार , धरान–१७ का ३६ वर्षे इन्द्र राईलाई विभिन्न नामका एक हजार थान लागुऔषध सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।