संखुवासभाबाट सातजना जुवाडे नगदसहित पक्राउ

विराटनगर । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका–१ बसपार्कस्थित जीतकुमार राईको होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति छापा मार्दा सात जनालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीका अनुसार पक्राउ परेकामध्ये होटलका सञ्चालक र खेलमा संलग्न अन्य व्यक्ति समेत छन् । “गोप्य सूचनाका आधारमा छापा मार्दा जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरिएको हो,” मैनालीले भने ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ७२ हजार ९३५ रुपैयाँ, १६ वटा कौडा र चार बुङ (थान) तास बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, खाँदबारीमै पटक (जन्य वस्तु) बिक्री वितरण गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पनि पक्राउ गरेको छ । डीएसपी मैनालीका अनुसार पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१० घर भई हाल खाँदबारी–१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीकै कोशी गाउँपालिका–३ घर भई हाल खाँदबारी–१ बस्ने ४८ वर्षीय जमाल अन्सारी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट पटक बिक्रीसम्बन्धी केही सामग्री बरामद गरेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

कार्तिक ३, २०८२, दिउँसोको ०२:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर