काठमाडौँ । पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथग्रहण गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली तुम्बाहाम्फेलाई पद तथा गोपनियताको सपथ दिलाउनुभएको हो ।
यसअघि उपप्रधानमन्त्रीसमेत रहनुभएका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानूनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो । नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभारसमेत ग्रहण गर्नुभएको छ ।
तुम्बाहाङ्फेले माघ ६ गते उपसभामुखबाट राजीनामा दिनुभएको थियो ।