श्रम शोषणविरुद्ध नोबेल शिक्षण अस्पतालका नर्स पनि आन्दोलित

विराटनगर । न्युनतम् पारिश्रमिक पनि उपलब्ध नगराएको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका नर्सहरु पनि आन्दोलित भएका छन् ।

मोरङको टंकिसिनुवरीमा रहेको विराट शिक्षण अस्पतालका नर्सहरु शनिबारदेखि आन्दोलनमा उत्रिएकाकोमा नोबेलका नर्सहरु आइतबारदेखि आन्दोलित भएका हुन् ।

न्युनतम् सेवा सुविधाको माग गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । श्रमशोषण विरुद्ध स्वास्थ्यकर्मीहरूले अस्पतालको प्रशासन घेराउ गरेर नारावाजी गरिरहेका छन् ।

अस्पतालको सवै विभागमा कार्यरत नर्ससहितका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन् । नोबेलका सञ्चालक नेपाली काँग्रेसका नेता सुनिल शर्मा हुन् ।

कार्तिक २, २०८२, दिउँसोको १२:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर