विराटनगर । झापाको गौरादह बाट प्रहरीले पटका बरामद गरेको छ । कृषिबजार क्षेत्रबाट प्रहरीले अवैध पटका बरामद गरेको छ। गौरीगञ्जबाट गौरादहतर्फ आउँदै गरेको मोटरसाइकलमा लुकाई छिपाई ल्याइएको अवस्थामा करिब ५०,००० रुपैयाँ बराबरको पटाका बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गौरादहबाट प्रहरी नायब निरीक्षक (प्रनानि)चन्द्रीका कुमार श्रेष्ठको नेतृत्वमा खटिएको गस्ती टोलीले शंकास्पद रूपमा आउँदै गरेको मोटरसाइकललाई रोक्न बखोज्दा चालकले प्रहरीलाई देख्नासाथ दुई बोरा सामान फालेर फरार भएका थिए।
प्रहरीले घटनास्थलबाट बरामद गरेको दुई बोराभित्र आलु बम र खोर्सानी पटका जस्ता विष्फोटक पदार्थ फेला पारेको छ। बरामद गरिएका पटकाहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय गौरादहमा राखिएको छ।
फरार भएका व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। चाडपर्व नजिकिँदै गर्दा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधिहरूलाई निरुत्साहित गर्न सुरक्षा जाँचलाई कडा बनाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।