विश्वकप छनोटको लागि सुपरसिक्समा आज ओमान र नेपाल भिड्दै

विराटनगर । नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज ओमानसँग खेल्दै छ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८:४५ बजेदेखि सुरु हुनेछ ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् । आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । नेपालले आजको खेल जिते विश्वकपमा छनोट निश्चित हुनेछ ।

नेपालले आइतबार यूएईलाई तथा सोमबार कतारलाई हराएको थियो । ओमानले पनि आइतबार कतार र सोमबार यूएईलाई हरायो ।

नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि ओमानसँग खेलेको थियो । जहाँ ६ विकेटले विजयी भएको थियो ।

टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन् । जहाँ नेपालले ५ खेल जित्दा ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ । नेपालले यसपछि शुक्रबार सामोआसँग खेल्नेछ ।

सुपरसिक्समा रहेका ६ तीनमध्ये ३ टिम विश्वकपमा छनोट हुनेछन् ।

अशोज २९, २०८२, बिहानको ०९:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर