विराटनगर । कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालकी प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुणा झाले जानकारी दिइन् ।
उनले क्लिनिकमा जेनजी प्रदर्शनका क्रममा घाइते भएकाको लागि छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने समन्वयात्मक प्रणाली भएको बताइन् ।
परिचयपत्र प्राप्त गरेका घाइते अस्पतालमा आएपछि उनीहरूलाई जेनजी क्लिनिकमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।
क्लिनिक सञ्चालनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको छ ।
समितिको संयोजकमा अर्थोपेडिक विभाग प्रमुख डा। महेन्द्रप्रसाद महतोसहित मेडिसिन विभाग प्रमुख डा। सुनिलबाबु खनाल, सर्जिकल विभागका मेडिकल अधिकृत डा। क्षितिज गिरी, अननि तथा ओपीडी इन्चार्ज नविता शर्मा र सिअहेव अधिकृत ९सम्पर्क व्यक्ति० कामेश्वर परिहस्त सदस्य सचिवका रूपमा रहेका छन् ।
उक्त समितिमार्फत अस्पतालमा आउने घाइते बिरामीहरूको छिटो उपचारका लागि समन्वय, व्यवस्थापन तथा आवश्यक सुविधा उपलब्ध गराउने काम गरिने अस्पतालले जनाएको छ ।