डाइभर्सन बगाएपछि झापामा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

विराटनगर। पूर्व–पश्चिम निर्माणाधीन एसियन हाइवे अन्तर्गत झापाको माइधार–दुधे सडकखण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षापछि आएको भालुखोलाको बाढीले सडकको डाइभर्सन आइतबार बिहान बगाएपछि सवारी आवागमन अवरुद्ध भएको हो ।

सो सडकखण्ड भएर गुड्ने गाडीहरुलाई डाइभर्ट गरिएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाने सवारी साधनहरु माईधारबाट दक्षिण कन्काई नहर हुँदै संगम चोक र पश्चिमबाट पूर्व जाने सवारी साधनहरु संगमचोकदेखि दक्षिण कन्काई नहर हुँदै माईधार डाइभर्ट गरिएको हो ।

क्षति भएको डाइभर्सन मर्मतको काम थालिएको छ । झापाकै काली खोलामा आएको बाढीले मेचीनगर नगरपालिका–६ र सुकुना खोलामा आएको बाढीले सिवसत्ताक्षी नगरपालिका–१० खण्डमा पनि राजमार्ग अवरुद्ध भएको हो ।

अशोज १९, २०८२, दिउँसोको १२:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर