विराटनगर । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।
इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो ।
यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।
अहिले इलामका विभिन्न ठाउँमा पहिरोमा परेर घाइते भएकाहरुको हेलिकप्टरबाट उद्धार गर्ने काम सुरु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
इलामका पहिरोमा परेर १७ जनाको मृत्यु, हेलिकप्टरबाट उद्धार सुरु