पाँचथर पिकअप दुर्घटना अपडेटः ६ जनाको मृत्यु, ६ जना गम्भीर घाइते

विराटनगर । पाँचथरकाे कुम्माएक गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । अन्य ६ जना यात्रुको अवस्था गम्भीर रहेको साेहि वडाका वडाध्यक्ष बाबुराम कार्कीले जानकारी दिए ।

मृतकहरूको सनाखत हुन बाँकी रहेको छ । यस्तै घाइतेमध्ये ५ जनालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जनालाई जिल्ला अस्पतालमा उपचारका लागि लगिएको उनले बताए । 

काठमाडौबाट फिदिमका लागि हिंडेकाे मे १ ज ३०५५ नम्बरकाे पिकअप भेन सडकबाट अनियन्त्रित भई ५ सय मिटर तल खसेकाे थियाे ।

अशोज १८, २०८२, दिउँसोको ०२:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर