विराटनगर । पाँचथरको कुम्माएक गाउँपालिका-३, कात्तिकेमा एउटा बस दुर्घटना भएको छ। दुर्घटनाको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
धरान जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेको जानकारी आएको प्रहरीले जनाएकाे छ । कुम्माएक गाउँपालिका ३ का वडाध्यक्ष बाबुराम कार्कीले आफू घटनास्थलमा पुगेकाे भएपनि क्षतिबारे जानकारी नभएकाे बताए ।
तमाेरकाे नदी छेउकाे लामेटार नजिकैकाे कात्तिकेदेखि केही पर दुर्घटना भएको कार्कीले बताए । दुर्घटना कसरी भयो, कति जना यात्रु सवार थिए, को-को हताहत भए र मानवीय क्षतिको अवस्था कस्तो छ भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। सडकको असहजता र भिरालो भूभागका कारण घटनास्थलसम्म पुग्न र जानकारी संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले बताएकाे छ ।