झापामा बस दुर्घटना, दुई जनाकाे मृत्यु

झापा । झापाको बिर्तामोडमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, इटहरी उपमहानगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र मोरङ, रंगेली नगरपालिका–२ का ४२ वर्षीय बस कन्डक्टर राजकुमार चौधरी रहेका छन् । दुर्घटनामा परी अरू १३ जना घाइते भएका छन्।

आज बिहान साढे ९ बजे विराटनगरबाट काकडभिट्टा जाँदै गरेको सगरमाथा यातायातको प्र १-०१-००१ ख ४४५९ नम्बरको बस बिर्तामोड नगरपालिका–६, गिरिबन्धु टि–स्टेट अगाडि अनियन्त्रित भई दुर्घटना भएको थियाे ।

प्रहरीका अनुसार घाइते हुनेहरूमा इटहरी–११ का ३८ वर्षीय गुलशनराज शर्मा, उनकी श्रीमती ३६ वर्षीया अंकिता शर्मा, ६ वर्षीया छोरी मनसुइ शर्मा र ३७ वर्षीया बिनु शर्मा छन्। मनसुइ र बिनुको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, मोरङ, विराटनगर–२ का ४२ वर्षीय सहचालक सोमकुमार भुजेल, पाँचथर कुम्मायक–६ की २८ वर्षीया गंगा लिम्बू, झापा कमल–७ का ८ वर्षीय लोजिहाङ लावती, २३ वर्षीया सुहाना लिम्बू र ५ वर्षीय भतिजा मेङ्सो लिम्बू पनि घाइते भएका छन्।

यस्तै विराटनगर–१ की १७ वर्षीया अनुषा भट्टराई, ३६ वर्षीया मञ्जु खतिवडा, झापा दमक–१ की ६० वर्षीया राधिका खतिवडा र ताप्लेजुङ, फाक्तालुङ–१ का राकेश लिम्बू छन्। उनीहरूलाई हात, खुट्टा र अनुहारमा चोट लागेकाले सामान्य अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ। घाईतेहरूलाई बिएन्डसी अस्पतालमा उपचारकाे लागि लगिएकाे प्रहरीले जनाएकाे छ ।

अशोज १६, २०८२, दिउँसोको १२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर