हर्क साम्पाङले पुण्य गौतमलाई पार्टीमा स्वागत गर्ने

डा. सुरेन्द्र केसीलाई सल्लाहकार बनाउने

विराटनगर । केही दिन अगाडि राष्ट्रिय श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गरेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले आफ्नो दलमा पुण्य गौतमलाई स्वागत गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गौतमलाई स्वागत गर्ने बताएका हुन् । ‘युवा अभियान्ता पुन्य गौतम ज्युलाई श्रम संस्कृति पार्टीमा स्वागत गर्न चाहन्छु,’ उनले उल्लेख गरेका छन् ।

यस्तै साम्पाङले संचारमाध्याममा अन्तरवार्ता दिएर भाइरल भएका राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीलाई पनि सल्लाहकार बनाउने चाहना व्यक्त गरेका छन् । ‘श्रम संस्कृति पार्टीका सल्लाहकारहरु खुलेर आइदिनु होला ’ प्रा.डा. सुरेन्द्र केसी ज्यूलाई एउटा सल्लाहकार राख्न चाहेको छु,’ उनले फेसबुकमै लेखेका छन् ।

आसन्न फागुन २१ गतेको संसदीय चुनावमा उनले काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)सँग मिलेर दल खोल्ने चाहना राखेका थिए । तर, जेनजी आन्दोलनपछि सरकार गठनका विषयमा दुबैबीच मतभिन्नता आएपछि साम्पाङले एक्लै दल दर्ता गराएका हुन् ।

अशोज १५, २०८२, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर