आज नवरात्रीकाे महानवमी, के–के सामग्री अर्पण गरी पूजा गर्ने ?

विराटनगर । बडा दशैं २०८२ को आज (बुधबार) नवरात्रीकाे महानवमी । घटस्थापनाको नवौं दिन अर्थात् नवमीका तिथिका दिन नवरात्री मनाइन्छ ।

नवरात्रीमा घ्यू चढाएर पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्नको लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्न सिद्धिदात्री भगवतीको पूजा आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ ।

यस दिन पायस अर्थात् गाईको दुधबाट बनाइएको खिर भोग लगाएमा हरेक प्रकारका कार्य सफल हुने उल्लेख गरिएको छ। यसरी स्थापना गरिएका सप्तधान्य क्रमशः बढ्दै जति राम्रा हुन्छन्, त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता छ ।

अशोज १५, २०८२, बिहानको ०६:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर