विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३४० किलोग्राम गाँजासहित एउटा कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज दिउँसो करिब २ बजेको समयमा गाँजा बोकेर झुम्कातर्फ आउँदै गरेको बिआर ११ बिआर ७१०२ नम्बरको कार नियन्त्रणमा लिएको हो ।
प्रहरीले संकास्पद रुपमा निगरानी गरेको कार रोकेर चेक जाँच गर्दा प्लाष्टिकभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । गाँजा ओसारपसार गर्ने व्यक्तिहरु भने पक्राउ नपरेको प्रहरीले जनाएको छ ।