पुनर्निर्माणमा सहयोग गर्न कोशी उद्योग वाणिज्य महासंघको आग्रह

विराटनगर । हालै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेकोप्रति दुःख व्यक्त गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशीले पुनर्निर्माणमा सहयोग गर्न अपिल गरेको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा नष्ट भएका सार्वजनिक तथा सरकारी संरचनाको पुनर्निर्माणका लागि सरकारालाई  सहयोग गर्न अपिल गरेको हो । पुनर्निर्माण अभियानमा आवश्यक श्रम तथा आर्थिक सहयोग जुटाउन नेपाल सरकारद्वारा स्थापना गरिएको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा योगदान दिन सबै उद्योगी व्यवसायीलाई महासंघले आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, “पुनर्निर्माण अभियानमा सहकार्य गर्दै राष्ट्रको क्षतिपूर्ति र पुनःनिर्माणमा हातेमालो गर्न सबै उद्योगी व्यवसायीलाई हार्दिक अनुरोध गर्दछौं।”त्यसका लागि आवश्यक सहयोग रकम भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबारमा रहेको खाता नं. : १६६०१०१०२००००४ मा जम्मा गर्न महासंघले अनुरोध गरेको हो ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले मुलुकमा ठूलो क्षति भएकोले सबै उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी अनुसार सहयोगको अपिल गरेको बताए । आफूले पनि अभियानमा सक्दो सहयोग गर्ने उनको भनाई छ ।

महासंघले यसअघि आन्दोलनको क्रममा आगलागी भएर क्षति भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई १० थान कम्प्युटर प्रदान गरेको थियो ।

अशोज १०, २०८२, बिहानको ०९:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर