विराटनगर । सरकारले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत् उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएको हो ।
संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा बिहीबार बजेट पेश गर्दै खतिवडाले मासिक १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी साना विद्युत उपभोक्तालाई निःशुल्क, १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई १५ प्रतिशत विद्युत् महसूल छूट दिने व्यवस्था गरेको जानकारी दिनुभएको हो । साथै सरकारले उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर विद्युतको डिमानन्ड शुल्क छूट र कम खपत हुने समयमा ५० प्रतिशत छूट उपलब्ध गराउने घोषणा गरेको छ ।